भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''परिवारीक चलचित्र ‘कहिँ कतै’ ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर) हरिशजङ्ग क्षेत्री ,काठमाडौ''

परिवारीक चलचित्र ‘कहिँ कतै’ ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर) हरिशजङ्ग क्षेत्री ,काठमाडौ उमा फिल्मस् प्राइभेट लिमिटेडको प्रस्तुतिमा रहेको नयाँ नेपाली चलचित्रमा ‘कहिँ कतै’ को ट्रेलर बुधबार हाईलाईट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । निर्माता तथा नायिका उमा बेवीले निर्माण गरेको चलचित्रलाई सविर श्रेष्ठले लेखन र निर्देशित गरेका छन् ।डोमिनिक सभियो डिसुजा यस चलचित्रका सह निर्माता हुन ।चलचित्रका गितहरुलाई सचिन सिंंह र लक्की सिटौलाले संगीत दिएका छन, भने प्रमोद ढुंगाना, सबिर श्रेष्ठ र गौरव दर्पणले चलचित्रका गित लेखेका छन् । चलचित्रलाई बाबू श्रेष्ठले छायांकन गरेका हुन भने कबिराज गहतराज र कमल सिंहको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व, मिक्सिङ्ग अर्जुन जिसिको, चिफ असिस्टेन्ट डाइरेक्टर नवराज शर्मा, प्रोडक्सन म्यानेजर प्रकाश महरा रहेका छन् । पारीवारिक प्रेम कथामा आधारित चलचित्र ‘कहिँ कतै’ मा सरोज खनाल, दीलिप रायमाझी, किशोर खतिवडा, नव नायिका शिवानी गिरि र नव नायक सोनाम भरपुङ्पा लगाएका नयाँ पुराना चर्चित कलाकारहरुको दमदार अभिनय रहेको छ ।फिल्मलाई भारतको पुर्ब शहर सिक्किम र राजधानी वरपर छायाँकन गरिएको छ । फिल्मको प्रदर्शन मिति नतोकिदै फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस