भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''व्या''पारी अपहरण र प्रेमिकाकै हत्या गरी भागेका लामिछाने दुबईमा पक्राउ

व्यापारी अपहरण र प्रेमिकाकै हत्या गरी भागेका लामिछाने दुबईमा पक्राउ

काठमाडौँ । प्रेमिकाकै हत्या गरेर फरार भएका भक्तपुरका प्रकाश लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। रेडकर्नर नोटिसमा रहेका लामिछानेलाई इन्टरपोलमार्फत युएइको प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको एसपी किरण बज्राचार्यले जानकारी दिइन ।

लामिछानेले गत फागुन ५ गते प्रेमिका राधिका श्रेष्ठ प्रयोग गरेर ब्यापारी श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए। अपहरणपछि लामिछानेले प्रेमिकाकै हत्या गरी फरार भएका थिए।

लामिछानेकै योजनामा राधिकाले अग्रवाललाई जरुरी काम छ भन्दै सुन्धाराको होटलमा बोलाएकी थिइन् । होटल पुगेका अग्रवाललाइ नियन्त्रणामा लिइ उनीहरुले १० लाख रुपैयाँ फिराैती लिएका थिए।

अग्रवाललाई होटलमा नै थुनेर उनीहरु लामिछानेको भक्तपुरस्थित घरमा गएका थिए। भक्तपुर पुगेपछि अपरहणको पोल खुल्ने डरले लामिछानेले प्रेमिकाको हत्या गरेका थिए।

लामिछानेले राधिकाको हत्या गरी घर भन्दा २ सय मिटर टाढा मुहानपोखरीमा कार्टुनमा हालेर फालेका थिए। अपहरणमा सम्लग्न सरोज घोरासैनी र किशोर गिरीलाई अपराध महाशाखाको टोलीले यसअघि पक्राउ गरिसकेको छ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस