भारत भन्छ-‘पशुपतिनाथ मन्दिर हाम्रो हो’
विभिन्न समयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको भारतले आफ्नो बोल्ने सीमा नाघेको छ ।
भर्खरै नेपालमा आएको विनाशकारी महाभूकम्पले हल्लाउन पनि नसकेको पशुपतिनाथ मन्दिरका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
त्यस्तो बेला भारतले पशुपतिनाथलाई आफ्नो सम्पत्ति भनेर दाबी गरेको छ । भारतले ‘पशुपतिनाथ भारत र नेपालको साझा सम्पत्ति हो’ भनेर दाबी गरेको हो । उसले नेपाल र भारतको साझा सम्पत्ति भएकाले भूकम्पले हल्लाउन नसकेको टिप्पणी गरेको छ ।
भारतीय सञ्चारमाध्यमले सयौं वर्ष पूराना भारतीय बास्तुशास्त्रले मन्दिर निर्माण भएको दाबी गर्दै भारतीय बास्तुशास्त्रका कारणले पनि मन्दिर सकुशल रहेको टिप्पणी गरेका छन् । उनीहरुको टिप्पणी अनुसार पशुपतिनाथ ‘भारतले नै बनाइदिएको’ भन्न खोजिएको छ । केही समय अघि मात्रै मलेसियामा भएको क्रिकेट खेलमा शक्ति गौचनलाई भारतमा जन्मिएको भनेर भारतीय सञ्चारमाध्यमले प्रचारवाजी गरेका थिए ।
नेपालका हरेक सफलताको जस भारतले लिने गरेको छ । पशुपति पनि ठूलो भूकम्पबाट क्षति नभएपछि त्यसको जस पनि भारतले नै लिन खोजेको छ । केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मनी पुगेर बुद्ध जन्मिएको शान्तिको देश भारत हो भनेर सुरक्षा परिषद्को सदस्य बन्न पाउनुपर्ने माग गरेका थिए ।
यसले के बुझिन्छ भने भारत नेपाललाई हरेक सफल फाइदाजनक कुराबाट बञ्चित गराउन चाहन्छ । नेपालमा भएका सम्पदा र अन्य विषयबाट आफू फाइदा लिन चाहन्छ । भारतले सार्वजनिक रुपमा नेपालका सम्पदामा हस्तक्षेप गर्दा समेत नेपाल सरकारले अहिलेसम्म मुख खोलेको छैन् ।
अहिले भारतीय सञ्चारमाध्यमले मात्रै पशुपति आफ्नो भनेर दाबी गरेका छन् । विस्तारै भारतीय प्रधानमन्त्री मोदीले समेत यो कुरा भन्न बेर लगाउने छैनन् । जहाँ पशुपतिलाई भारतको सम्पदा भन्न खोजिएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको जर्मनी पुगेर ‘बुद्ध जन्मिएको देश भारत हो’ भनेका थिए ।
- भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले लेखेको समाचार यस्तो छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस