भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''महाभूकम्पमा परी’ पत्रकार बेपत्ता ''

महाभूकम्पमा परी’ पत्रकार बेपत्ता

काठमाडौं, वैशाख १८ । गत शनिवार गएको महाभूकम्पमा परी पत्रकार सुमन बम्जन हराइरहेका छन् ।

गोरखापत्र दैनिकका खेलकुद संवाददाता बम्जन काठमाडौंको महाबौद्धमा बस्दै आएका थिए । भूकम्प गएपछि सम्पर्कमा नरहेका बम्जनको लगातार खोजी गरिए पनि पत्तो लाग्न सकेको छैन ।

विहीबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरु र खेलकुद पत्रकार मञ्चका पदाधिकारीहरुसमेतको उपस्थितिमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले बम्जनको खोजी गरेका थिए ।

बम्जन बस्दै आएको घर पूर्णरुपमा भत्किएकोले उनी त्यहीँ च्यापिएको आशंका गरिएको छ । भत्किएको घरबाट खोजीकर्ताहरुले पत्रकार बम्जनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेका छन् ।

महाभूकम्पमा परी थुप्रै पत्रकारहरुले परिवारका सदस्य गुमाएका छन् भने धेरैका घरहरु भत्किएका छन् । नेपाल पत्रकार महासंघले भूकम्पपछि पत्रकार र सञ्चारगृहको अवस्थाबारे अध्ययन गरिरहेको छ र केही दिनमै रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस