भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''भूकम्पपछि १३ किशोरी बलात्कृत, १० को हत्या''

भूकम्पपछि १३ किशोरी बलात्कृत, १० को हत्या

काठमाडौ, असार ९ - सञ्चारिका समूहले भूकम्प गएको एक महिना अबधिमा मात्र विभिन्न जिल्लामा १३ जना किशोरी बलात्कृत भएका जनाएको  छ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका लगतारका परकम्पसंगै एक महिनाको अवधिमा मात्र १३ किशोरी तथा महिलाहरु बलात्कृत भएको उसले जनाएको हो ।

महिला पत्रकाहरुको हकहितका लागी कार्यरत संस्था सञ्चारिका समूहले एक महिनाको सञ्चार अनुगमनको क्रममा बलात्कारसम्बन्धी ५४ वटा समाचार सामग्री प्रकाशित भएका पनि जनाएको छ ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको सञ्चारिका समूहकी बिमला तुम्खेवाले बताइन् ।

समूहले निकालेको रिपोर्ट अनुसार जेठ महिनामा मात्रै हत्याका १० वटा घटना भएका छन् भने हत्यासम्बन्धी ४२ वटा समाचार सामग्री प्रकाशित भएका छन् ।

सञ्चारिका समूहद्धारा सार्वजनिक घटना विवरण:
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस