भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''अबैधानिक रुपले अमेरिका बसेका नेपालीहरुले अस्थाई भिसा (TPS) पाउने ''

 अबैधानिक रुपले अमेरिका बसेका नेपालीहरुले अस्थाई भिसा (TPS) पाउने

गैर कानुनी भएका नेपाली देश फर्किएर पुन आउन सक्ने र भिसा अवधि सकिए पनि बस्न पाउने टेम्पोररी प्रोटेक्टेड सहुलियतबारे अमेरिकी सरकारले आज मगलबार बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ । यसबारेमा नेपाली समुदायले विभिन्न च्यानल मार्फत लबिङ गरेका थिए ।

नेपालमा आएको माहाभुकम्पको अवस्थालाई हेरेर अमेरिका सरकारले नेपालीको पक्षमा यस्तो निर्णय गरेको छ । यो निर्णय अनुसार लामो समय देखी कागजात बिहिन रुपमा अमेरिका बस्दै आएका नेपालीहरु नेपाल गएर पुन आउन सक्छन । अर्को भिसा अबधी सकिएर पनि अमेरिकामा थप बस्न सक्ने सुबिधा टिपिएसले दिन्छ । भिसा सकिएर बस्नेले काम गर्ने अनुमती समेत पाउछन ।

अमेरिकी कानुनमा दैबी प्रकोप परेको देशलाई यस्तो सुबिधा दिन सक्ने ब्यबस्था छ । टिपिएसका लागि स्थानिय नेपाली समुदाय, वासिङ्टन स्थित नेपाली दुताबास र नेपालमा हितैशिहरुले अमेरिकि प्रशासन समक्ष आग्रह गरिरहेका थिए । यो निर्णयले अमेरिकामा रहेका २० हजार भन्दा बढी नेपालीलाई फायदा अनुमान छ । प्रधानमन्त्री शुशिल कोइरालाले पनि यस बिषयमा नेपाली राजदुतलाई यस बारेमा पहल गर्न सल्लाह दिएका थिए ।

यसै सन्दर्भमा एन आर एनका बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले आफ्नो फेसबुक स्टाटसमा पनि टिपियस भयो तर यसको अधिकारिक जानकारी भरे राती होमल्याण्ड सेक्युरिटीको वेबसाइटमा आउने तयारी उनिहरुले गरिरहेका छन भनी जनाएका छ ।

TPS को कानुनी पुरा भएको र सार्वजनिक सुचना प्रकासित हुन बाँकि रहेकोले जुन २४ गते डिसीनेपालद्वाअर एटर्नी एट ल बासु फुलारासंग बृस्तितमा कुराकानी गर्ने छौ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस