भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''नेपाललाई सहयोग गर्न ‘जी–७’का सदस्य राष्ट्रहरु तयार''

नेपाललाई सहयोग गर्न ‘जी–७’का सदस्य राष्ट्रहरु तयार

काठमाडौं, जेष्ठ २६ । विश्वका सात ठूला धनी मुलुकको संगठन ‘जी–७’ले नेपालमा हालै गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाललाई सहयोग गर्ने निर्णय गरेका छन् ।

गत वैशाख १२ गते गएको भूकम्पपछि ध्वस्त संरचना पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न जी ७ का सदस्य राष्ट्रहरु तयार भएका हुन् ।

जर्मनीमा सम्पन्न जी ७ को बैठकपछि जारी गरिएको घोषणापत्रमा नेपालबारे विशेष सम्बोधन गर्दै नेपाललाई चाहिने अत्यावश्यक सामग्रीहरु पठाइने उल्लेख गरिएको छ ।

भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको र त्यसको पुनःनिर्माण तथा पुनःसंरचनाका लागि बहुपक्षीय र द्विपक्षीय आर्थिक तथा प्राविधिक सहयोग गरिने जनाइएको छ ।

नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै भूकम्पबाट क्षति पुगेका र हराएका सांस्कृतिक सम्पदाहरुको समेत पुनःस्थापनाका लागि योगदान गर्ने शिखर सम्मेलनको निचोड छ ।

जी ७ मा बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, इटली, जापान र संयुक्तराज्य अमेरिका छन् । युक्रेन मामलामा फसेपछि रुसलाई भने उक्त समूहबाट हटाइएको छ । (एजेन्सी)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस