भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'' सधैँ खुसी रहन वैज्ञानिकले दिएका ६ मन्त्र थाहाँ पाउनुहोस् ''

  सधैँ खुसी रहन वैज्ञानिकले दिएका ६ मन्त्र थाहाँ पाउनुहोस्

खुसी के हो भन्ने विषयमा छलफल गर्ने हो भने, यसको टुङ्गो सायद कहिले लाग्दैन। खुसी एक महसुस गर्ने विषय हो। तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ रुहो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन्।

१- तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ। विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ। बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ। यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ। सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ। आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस्। नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ। रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने गर्दछ। आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस्।


२- नकारात्मक सोचलाई फ्याँकिदिनुहोस्ः सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै। हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ। यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ। आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ। उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ।

३- सकारात्मक कुराहरुको नोट बनाउनेः आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस्। सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ। आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस्। आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस्। एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन्।

४- दिमागलाई फ्रेस बनाउने तरिका अपनाउनुः हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन्। आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन्। यदि हामीले हाम्रो दिमागलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ। विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन्।

५-अरुलाई सहयोग गर्नुहोस्ः आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस्। हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ। हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ। दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ। आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस्। अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ।

६- उज्वल भविष्यको आशा गर्नुहोस्ः आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस्। यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस्। आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस्। यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ। आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस्।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस