भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''अपडेट: रसुवामा मृत्यु हुनेको संख्या ३४''

अपडेट: रसुवामा मृत्यु हुनेको संख्या ३४

कार्तिक १७, २०७२- काठमाडौंबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नम्बरको बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ ।

रसुवामा ३०  र ४ जना नुवाकोटमा मृत्यु भएको छ । बस सडकको छेउपट्टि भासिएर १ सय ५० मिटर तल खसेको हो ।  मृतकको सनाखत हुन बाँकी छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बसमा यात्रारत ३० जनाको मृत्यु भएको जानकारी दिए । नुवाकोटको त्रिशूलीमा उपचारका लागि लगिएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको त्रिशूली अस्पतालका चिकित्सक मधुकर दाहालले बताए ।

बाँकी एक जना सैन्य तालिम केन्द्रमा मृत्यु भएको उनले जानकारी दिए । चिकित्सक दाहालका अनुसार नुवाकोटमा ३० जना सख्त घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए अनुसार घाइते अहिले २५ जनाभन्दा बढी रहेको छ ।



बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुलाई धुन्चे र त्रिशुली अस्पताल पुर्‍याइएको छ ।

बसको छतमा पनि थुप्रै यात्रु रहेको बताइएको छ । अहिले पनि यात्रुहरुको उद्धार कार्य जारी छ




भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस