भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''आयल निगममा ६२ जनाका लागि जागिर खुल्यो''

आयल निगममा ६२ जनाका लागि जागिर खुल्यो
काठमाडौं, असार ४ । नेपाल आयल निगमले उपप्रबन्धकदेखि सहायक मिस्त्रीसम्म विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
निगमले रिक्त रहेका ती पदहरुमा खुला प्रतियोगिताद्धारा छनोट गरी स्थायीरुपमा पूर्ति गर्न लागि नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।
निगमले एक विज्ञापन प्रकाशित गरेर विभिन्न ६२ पदमा जागिरका लागि आवेदन माग गरेको हो ।
निगमले लिखित, अन्तर्वार्ता, प्रयोगात्मक परीक्षामार्फत् ती पदहरुमा पदपूर्ति गर्न लागेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आफ्नो योग्यताअनुसार निगमले तोकेको कागजात, तोकिएको दरखास्त दस्तुर र परीक्षा दस्तुरकासाथमा ‘तोकिएको अवधि’भित्र आवदेन दिन सक्नेछन् ।
दरखास्त फारम निगमको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंबाट प्राप्त गर्न सकिने जनाइएको छ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस