भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'<यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा हरु खाने गर्नु होस् >>


यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

दि तपाइँ सम्भोगको मामिलामा खरो उत्रिन चाहनुहुन्छ र आफ्नो पार्टनरसँगको अन्तरंग पलहरुलाई अझै सम्झनलायक तथा आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाइँले केही चिजहरुको नियमित सेवन गर्नुपर्ने हुन्छ ।आउनुहोस् आज हामी तपाइँलाई यस्ता खानेकुराहरुको बारेमा बताउँदैछौँ जसले तपाइँको सेक्स ड्राइभ अर्थात् यौनइच्छा बढाउन सहयोग गर्नेछन् ।

१. फर्सीः फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।

२. चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले सरीरबाट मूड जगाउने रसायनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ ।

३. दालचिनीः दालचिनीले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।

४. खरबुजाः खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. पालुंगोः पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

नियमित रुपमा पालुंगोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने शोधकर्ताहरु बताउँछन् ।

६. खुर्सानीः खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।

७. ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकलेे यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिकाहरुमा क्षति पूराउने पि|m रेडिकल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।

८. अदुवाःअदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

९.केराः केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ ।

१०. आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस