भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''सावधान, यस्तो शारिरिक सम्बन्ध सेक्स हुन्छ खतरनाक''

सावधान, यस्तो शारिरिक सम्बन्ध सेक्स हुन्छ खतरनाक
शारिरिक सम्बन्ध स्थापित गर्ने क्रममा धेरैजसो पुरुषहरु आफ्नी महिलालाई आफूभन्दा माथि राख्न रुचाउँछन् । तर पुरुषहरुको यस्तो रुचीले उनीहरुलाई निकै खतरा पुर्याउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
वुमन अन टप’ अथवा ‘काउगर्ल’ आसन अपनाउँदा यसले पुरुषहरुको यौनाङ्ग फ्र्याक्चर (पेनाइल फ्याक्चर) हुने गर्दछ ।
नयाँ अनुसन्धानका अनुसार यो जोखिमपूर्ण आसन आधाभन्दा बढि पेनाइल फ्याक्चरको लागि जिम्मेवार हुने गर्दछ । यसको तुलनामा ‘डगी स्टाइल’ यस्तो जोखिमको लागि २९ प्रतिशत जिम्मेवार हुन्छन् भने पुरुष माथि रहने आसन वा ‘मिसनरी’ आसन भने २१ प्रतिशत जिम्मेरवार रहने बताइएको छ ।
एड्भान्सेज इन युरोलोजीमा प्रकाशित उक्त अनुसन्धानका आधारमा यो तथ्य पत्ता लगाउन ब्राजिलको कैन्पिनास सहरको तीन अस्पतालको तथ्याङ्क अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरुले १३ वर्षको अवधिमा संदिग्ध पेनाइल फ्याक्चर पीडितसँग कुराकानी पनि गरेका थिए । यसमध्ये आधाले पेनिसमा दुखाई सुरु हुनुअघि उनीहरुले भाँच्चिएको आवाज सुनेका थिए । जबकि केहीले पोल्ने गरेको अनुभव पनि सुनाए । अध्ययनको निष्कर्षमा भनिएको छ–हाम्रो अध्ययनको परिणामबाट यो कुराको पुष्टिभएको छ कि वुमन अन टप पोजिसनमा प्रायः महिला आफ्नो पुरै वजनका साथ गतिलाई नियन्त्रित गर्दछन् । यो अवधिमा गलत दिशामा अचानक प्रवेशको प्रयासका कारण पेनाइल फ्याक्चर हुने गर्दछ । साथै अध्ययनमाभनिएको छ–यही यसको विपरीत पोजिसनमा जब गतिको नियन्त्रण पुरुषले गर्दछन् तब पेनाइल फ्याक्चरको सम्भावना कम हुन्छ ।
ब्राजिलको क्याम्पिनाजमा विगत १३ वर्षमा आएको ४४ पेनाइल फ्याक्चरमध्ये ४२ केसहरु यहि आसनका कारण भएको पत्ता लागेको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस