कुरिलो खेती विधि !!!
=============
कुरिलो एक बहुवर्षीय बाली हो । यसलाई तरकारीको रूपमा प्रयोग गरिन्छ । १ सय ५० भन्दा बढी प्रजाति हुने यो वनस्पतिमा औषधीय गुण हुन्छ । यसलाई आयुर्वेदिक औषधि बनाउन पनि प्रयोग गरिन्छ । वनजङ्गलमा यसलाई सजिलै पाउन सकिन्छ । यसको उत्पादनका लागि नेपालमा अनुकूल वातावरण रहेको वनस्पतिविद्हरू बताउँछन् । कुरिलोको खेती न्यानो र समशीतोष्ण हावापानी भएको क्षेत्रमा हुने भएकाले मध्यपहा...डी क्षेत्रका सामुदायिक तथा निजी वन र पाखापखेरामा यसको खेती गर्न सकिन्छ । कतिपय किसानले अहिले यसको व्यावसायिक रूपमा खेतीसमेत शुरू गरेका छन् । घरायसी प्रयोजनका लागि यसको खेती करेसाबारीमा पनि गर्न सकिन्छ । राम्रो आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय कृषकहरू यसको खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
बिरुवाको छनोट:
कुरिलोको भाले र पोथी गरी भिन्दाभिन्दै बोट हुन्छ । त्यसैले, बिरुवाको परागसेचनका लागि यी दुई बिरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनुपर्छ । पोथीभन्दा भाले बोटबाट बढी उत्पादन हुन्छ । भाले बोटको आयु लामो हुन्छ र यसबाट टुसा पनि धेरै पलाउँछन् । तर, तिनको मोटाइ भने कम हुन्छ । लगाएको ३ वर्षपछि मात्र उत्पादन लिन उपयुक्त हुने यो बिरुवा एकपटक लगाएपछि राम्रो हेरचाह, गोडमेल र मलजल गरेमा लगातार २० वर्षसम्म उत्पादन लिन सकिन्छ ।
औषधिका लागि बढी उपयोगी:
कुरिलोमा खनिज, लवणलगायत पौष्टिक तŒवको मात्रा धेरै हुन्छ । साथै, यसमा कोलेष्टोरेल र सोडियम तŒव हुँदैन भने भिटामिन ए तथा सी प्रशस्त पाइन्छ । बढी पोषणयुक्त मानिने यसको टुसा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, स्नायुरोग, टाउको दुख्ने, पक्षाघात र चाउरीपनाको बिरामीका बढी लाभदायक मानिएको छ । यसको सेवनले सुत्केरी महिला तथा अशक्त व्यक्तिका लागि पनि राम्रो राम्रो हुन्छ । त्यस्तै, मष्तिष्क रोग, यौनशक्तिमा ह्रासलगायत समस्याको निरोधका लागि पनि यसको प्रयोग हुने गरेको छ । यसलाई सुप, तरकारी तथा बफाएर सलादको रूपमा सेवन गर्न सकिन्छ ।
बजार अवस्था:
केही वर्षअघिको तुलनामा अहिले कुरिलोको खेती तथा उत्पादन बढ्दै गएको छ । व्यवसायीहरू कुरिलोको बजार फस्टाउँदै गएको बताउँछन् । मोरङ, सुनसरी, धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका साथै काठमाडौं उपत्यकामा समेत यसको व्यावसायिक खेती भएको पाइएको छ । कुरिलोका लागि बजार अभाव नभएको व्यवसायीको भनाइ छ । अन्तरराष्ट्रिय बजारमा समेत चर्को माग रहेको कुरिलो स्थानीय बजारमा प्रतिकिलो १ सयदेखि ४ सय रुपैयाँसम्ममा विक्री हुने गरेको छ । मुलुकबाहिरको बजारमा यसको प्रतिकिलो रू. ८ सयसम्म पर्ने गरेको छ ।
खेतीका लागि माटो तथा हावापानी:
कुरिलोखेतीका लागि माटोको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम हुनु राम्रो मानिन्छ । खासगरी १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा यसको टुसा राम्रोसँग पलाउँछ । यसको जरा धेरै गहिराइसम्म जाने भएकाले प्राङ्गारिक पदार्थयुक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट माटो उपयुक्त हुन्छ । खुकुलो माटोमा यसको जारा ८ फीट गहिराइसम्म पुग्छ । माटोको पीएच ६ देखि ७ दशमलव ५ सम्म राम्रो हुने बताइन्छ ।
वैशाख, जेठ र असारमा खेती गर्न सकिने यो बाली न्यानो र समशीतोष्ण हावापनी भएको नेपालका मध्य पहाडीक्षेत्र (पूर्वका इलामदेखि पश्चिमको डँडेलधुरा–बैतडीसम्म)मा सफलतापूर्व गर्न सकिने विज्ञहरू बताउँछन् । घमाइलो जमीनमा यसको उत्पादन बढी हुन्छ । धेरै तुसारो पर्ने क्षेत्रमा भने यसको खेती राम्रो हुँदैन । यसका लागि हिउँदमा चिसो तथा वसन्तमा न्यानो हावापानी उपयुक्त हुन्छ ।
रोप्ने विधि:
कुरिलो खेतीका लागि सर्वप्रथम पानीको राम्रो प्रबन्ध मिलाई माटो खनजोत गरेर मसिनो एवम् बुर्बुर बनाउनुपर्छ । कुरिलो गानो, बीउ र सानो बिरुवा गरी तीन किसिमले रोप्न सकिन्छ । पहिलो तरीकाअनुसार १ वर्ष पुगेको गानो, दोस्रोमा बीउ र तेस्रोमा २ महीनासम्मको बेर्ना सार्न सकिन्छ ।
क) एकवर्षे गानो सार्ने तरीका
यसमा पुरानो कुरिलोको बोटबाट गानो निकाली सार्न सकिन्छ । बीउबाट नर्सरी गरेर उमारेको १ वर्षपछि त्यसको गानो सार्न सकिन्छ ।
ख) बीउ छर्ने तरीका
यस विधिअनुसार तयारी जमीनमा कुरिलोको बीउ सोझै छर्न सकिन्छ । छरिसकेपछि बीउ उम्रिन १ महीना लाग्ने, झारको प्रकोपले उम्रन अवरोध हुनेलगायत समस्याले यो तरीका कम प्रभावकारी मानिएको छ ।
ग) बेर्ना सार्ने
यस तरीकाबाट ३ महीनासम्मको बेर्ना सार्न सकिन्छ । यसअन्तर्गत प्लाष्टिक ब्याग वा नर्सरी ब्याडमा बीउ छरेर बेर्ना तयार पारिन्छ ।
हेरचाह/उत्पादन लिने अवधि:
कुरिलो उत्पादनका लागि लागि टुसा निस्कनुअघि र निस्किसकेपछि गोडमेल गर्ने, बाली लगाएको दोस्रो वर्षसम्म गानाको वरिपरि माटो सुक्न नदिने, बिरुवाको सिँचाइलगायत गर्नुपर्छ । रोपेको तेस्रो वर्षपछि मात्र कुरिलोको उत्पादन लिन सकिन्छ । एकपटक लगाएको बोटले २० वर्षसम्म उत्पादन दिन्छ । २५ सेमी लामो भएपछि टुसा कलिलो अवस्थामै काटेर वा भाँचेर निकाली त्यसलाई उपभोग वा विक्री गर्न सकिन्छ । कुरिलो प्रतिरोपनी २ सयदेखि ५ सय किलोसम्म उत्पादन हुन्छ ।
उन्नत जातहरू:
नेपालमा कुरिलोको व्यावसायिक खेती गर्न मेरी वाशिङ्टन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५००, भाइकिडलगायत जात बढी उपयोगी मानिएका छन् ।