भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'यसरी गर्नुहोस् आँखाको सुरक्षा

यसरी गर्नुहोस् आँखाको सुरक्षा

मानव शरीरको महत्त्वपूर्ण अंगमध्ये आँखा एक हो । आँखाले नै संसार नियाल्ने हो । आँखा भएर नै सुन्दरता र कुरूपताको अर्थ छ । आँखालाई सुन्दर र तेजिलो बनाइराख्न कोषिका र रेटिनालाई मजबुत बनाउन ल्युटेन आदि तत्त्वको महत्त्वपूर्ण भूमिका हुन्छ । आँखाको उचित स्वास्थ्यका लागि यसको राम्रो हेरचाहको उत्तिकै जरुरी छ ।

आँखाका लागि पोषण, माइस्चर र नियमित व्यायामको आवश्यकता हुन्छ । फलफू...ल र हरियो सागसब्जीमा आँखाका लागि आवश्यक तत्त्व पाउन सकिन्छ ।



आँखा स्वास्थ्य बनाउन यसो गर्नुहोस्

० आँखालाई सुक्खाबाट जोगाउन पानी र जुस पर्याप्त मात्रामा सेवन गर्नु राम्रो हुन्छ ।

० आँखामा गाजल र सुर्माजस्ता वस्तु लगाउनु हुँदैन । यस्ता चीजमा कार्बन कण हुन्छन्, जसले कोर्निया आदिलाई हानि पु¥याउँछ ।

० दिनमा दुई, तीन पटक चिसो र सफापानीले आँखा धुनु राम्रो हुन्छ ।

० आँखालाई जोरले मिच्न हुँदैन । दिनहुँ आँखाको परेलामा सानो र नरम ब्रसले ब्रस गर्दा राम्रो हुन्छ ।

० अबेर रातिसम्म बनावटी उज्यालोमा काम गर्नु आँखाका लागि हानिकारक हुन्छ ।

० ग्रीन टी पिउनु आँखाका लागि उत्तम हुन्छ । यसमा केटिचिन्स नामको एन्टी आक्सिडेन्ट हुन्छ । जसले आँखाको रक्षा गर्नमा मद्दत गर्छ ।

० कम्प्युटरमा काम गर्दा पर्याप्त दूरीमा काम गर्नु आँखाका लागि राम्रो हो । कम्प्युटरमा बस्दा २० देखि ३० इन्च र टीभी हेर्दा कम्तीमा साढे तीन मिटर टाढा बस्नु राम्रो हुन्छ ।

० कम्प्युटरको स्क्रिन आँखाको लेभलसँग मिलाएर राख्नुपर्छ ।

० कम्तीमा ६ देखि ८ घन्टा आरामले सुत्नु आँखाका लागि राम्रो हो । यसले आँखालाई प्राकृतिक रूपमा ताजा बनाउँछ ।



लापरबाही नगरौं


० यदि आँखा या टाउको भारी भयो भने ।

० मधुरो देखियो भने ।

० आँखा चिलायो भने ।

० रङ चिन्न गाह्रो भयो भने ।

० लगातार टाउको दुखिरह्यो भने ।


हामीले संसार नियाल्ने आँखाबाटै हो । आँखा छैन भने दुनियाँ अँध्यारो लाग्छ । त्यसैले आँखाको विशेष ख्याल गर्न जरुरी छ । गर्मीयाममा धुलो, धुवाँ र सुक्खापन झन् बढी हुने भएकाले हामीले हाम्रो आँखाको विशेष हेरचाह गर्न ध्यान दिनै पर्छ ।
(एजेन्सीको सहयोगमा प्रस्तुतिः शिवराज योगी
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस