भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''बच्चाको मानसिक विकासमा महत्वपूर्ण छ आमाको दूध''

बच्चाको मानसिक विकासमा महत्वपूर्ण छ आमाको दूध

आमाको दूध नवजात शिसुका लागि अमृत समान हो भन्ने प्रायः सबैलाई थाहा छ । तर, आमाको दूध जन्म समयभन्दा अर्थात ९ महिना नपुग्दै जन्मिएका बच्चाका लागि झनै महत्वपूर्ण पोषक तत्व सावित भएको छ । त्यस्ता बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध विशेष मानिएको छ ।नयाँ अध्ययनले बताएअनुसार बेला नै नभइ जन्मने शिशुका लागि आमाको दूध नै सर्वोत्तम आहारा हो ।
अमेरि...रको सेन्ट लुइस अस्पतालक बरिष्ठ अनुसन्धानकर्ता डाक्टर सिन्थिया रोजर्सका अनुसार समय अगावै जन्मिने बच्चाको मानसिक तथा शारीरिक विकास जन्मन योग्य हुने गरी भएको हुँदैन । त्यसैले उसले आमाको दूधबबाट पाउने पोषण बच्नका लागि मात्रै नभएर बाँकी विकासका लागि पनि उत्तिकै महत्पूर्ण छ ।उनले बच्चाको शारीरिक विकासका लागि मात्रै नभएर मानसिक विकासमा पनि आमाको दूधको महत्व अहम हुने बताए ।
एमआरई स्क्यानमार्फत गरिएको अध्ययनमा आमाको पर्याप्त दूध पिएका बच्चाको ‘ब्रेन वाल्युम’ अधिक ठूलो हुने पत्ता लागेको छ । यो यसकारण पनि महत्वपूर्ण छ की, यसअघिका अध्ययनले ब्रेन वाल्युम र संज्ञानात्मक विकासबीच पारस्परिक सम्बम्ध रहेको देखाएका छन् ।बच्चाको ब्रेन वाल्युम जति ठूलो हुन्छ, उनीहरु मानसिक रुपमा पनि उत्तिकै चलाख हुने अध्ययनकर्ताहरुको दावी छ । त्यसैकारण आमो दूध बच्चाको मानसिक विकासका लागि निकै महत्वपूर्ण सिद्ध भएको छ ।यो अध्ययनको निश्कर्षलाई आगामी मे महिनामा बाल्टिमोरमा हुने पेडि्रयाटिक एकेडेमिक सोसाइटिज सम्मेलनमा प्रस्तुत गरिँदैछ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस