भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन''


थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन

कोही मानिसहरु विवाहको लागि निकै आतुर हुन्छन् भने कोही यसलाई झन्झट मान्ने गर्दछन् त्यसकारण कहिलेपनि विवाहको चक्करमा पर्न चाहँदैनन् । यदि तपाईं आफू विवाह गर्दिन भनेर सोच्नुहुन्छ तर यो विषयमा घरका मानिसहरुलाई कसरी सम्झाउने भन्ने सोच्दै हुनुहुन्छ भने यहाँ दिइएका सामग्री पढ्नुहोस् ।

विवाह गर्दिन भन्नु जति सजिलो छ त्यति नै गाह्रो यसको कारण बताउनु हो । एकचोटी घरमा विवाह गर्दिन भन्नुहोस् त, कस्ता खालका र कति प्रकारका प्रश्नहरु तपाईंसामू तेर्सिने गर्दछन् । कसैले सोध्लान् ‘कसैसँग चक्कर त चलेको छैन ?’ कसैले केहि रोग छ भन्ने जस्ता आफ्नै प्रकारका प्रश्नहरु सँगै तपाईंको सामू आउने गर्दछन् । तर थुप्रै अवस्थामा एक्लो रहनु फाइदा हुने गर्दछ । कतिपटक त एक्सपर्टहरु विवाह नगर्न सल्लाह दिन्छन् । यदि तपाईं विवाह गर्न चाहनुहुन्न भने तल दिइएका कारणहरुको साहारा लिन सक्नुहुन्छ ।

१. कहिलेकाँही बेकार साबित हुन्छः

थुप्रै मानिसहरु विवाह गरेपछि लाइफ सेट हुने बताउँछन् तर यस्तो कहिले हुँदैन । विवाहपश्चात् पनि त्यहि समस्या, त्यहि तनाव रहने गर्दछ । विवाह गरेपछि सबैकुरा ठिक हुन्छ भन्ने भन्ने छैन ।

२. दबाबपूर्ण जीवनः

विवाहपश्चात् तपाईंको जीवनमा प्रेसर आउन सुरु हुन्छ । यदि प्रेसर झेल्न सक्नुहुन्न भने विवाह नगर्नुस् ।

३. आफूले चाहेको जीवन बाँच्न नपाउनुः

थुप्रै मानिसहरु आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । विवाहपश्चात् यो निश्चित छ कि तपाईं आफ्नो जीवन आफ्नो तरिकाले बाँच्नै सक्नुहुन्न । पार्टनरको कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

४. अरु मानिसहरुको महत्व बढ्नेछः

विवाहपश्चात् तपाईं आफूभन्दा तपाईंको बच्चा र श्रीमान् वा श्रीमतीको बारेमा सोच्नुहुन्छ र उनीहरुलाई महत्व दिनुहुन्छ । मानिसहरु पनि तपाईंको भन्दा उनीहरुको हालचाल बढि सोध्ने गर्दछन् ।

५. बोझपूर्ण जिन्दगीः

विवाह भएको एक–दुई वर्ष त जिन्दगी निकै रमाइलो र सुन्दर लाग्ने गर्दछ तर त्यसपछिका वर्षहरु निकै बोझपूर्ण हुने गर्दछ ।

६. एउटा मानिसमाथि समर्पितः

विवाह गरिसकेपछि तपाईंको जिन्दगी बाँधिन्छ र तपाईंले कुनै एक व्यक्तिसँग आफ्नो जीवन बिताउनुपर्ने हुन्छ ।

७. बिन्दास प्रकारको जीवन बाँच्नसक्नुहुन्नः

विवाह गरिसेकपछि तपाईं कसैको मतलब नगरी बस्न सक्नुहुन्न । आफूलाई मन लागेको ठाउँमा जानु, मनलागेको गर्नु र मनलागेको खानेजस्ता कार्यहरु तपाईं गर्नसक्नुहुन्न ।

८. अन्त्य गर्न सक्नुहुन्नः

प्रेम सम्बन्धमा हुँदा तपाईं केहि कुरामा रिस उठ्दा छोडेर जाने र फेरी मन लागे फर्किने गर्दसक्नुहुन्छ तर विवाहपश्चात तपाईं यस्तो गर्न सक्नुहुन्न ।

९. सधैँ तेस्रो व्यक्ति आउने गर्दछः

विवाह पछि तपाईंको सम्बन्धको बिचमा कोही न कोही आएकै हुन्छ । यस्तो अवस्थामा तपाईंलाई तनाव हुने गर्दछ ।

१०. प्रतिबद्ध हुनबाट डरः

यदि कसम खाएर त्यसलाई निभाउन सक्नुहुन्न भने विवाह नगर्दा नै राम्रो हुन्छ । किनभने विवाह पछि तपाईंले थुप्रै कसम खाएर त्यसलाई निभाउनुपर्ने हुन्छ ।

११. जिम्मेवारीः

विवाह पछि तपाईंको जीवनमा निकै ठूलो जिम्मेवारी आउने गर्दछ । घरमा चिनीदेखि एसिसम्म किन्ने जिम्मेवारी तपाईंको हुन्छ ।

१२. पारिवारिक निर्णयः

विवाह गरिसकेपछि तपाईं कुनै पनि कुराको निर्णय आफू एक्लैले लिनसक्नुहुन्न । तपाईंले पूरै परिवारसँग बसेर निर्णय लिनुपर्ने हुन्छ ।

१३. सिंगल लाइफसँग खुसी हुने व्यक्तिहरुः

यदि तपाईं सिंगल लाइफ मनपर्छ भने विवाह कहिले पनि नगर्नुहोस् नत्र पश्चाताप पनि गर्न पाउनुहुन्न ।

१४. जीवनमा स्पेस हुँदैनः

यदि तपाईंलाई आफ्नो कुराहरु कसैलाई पनि भन्न मन लाग्दैन भने विवाह तपाईंको लागि बनेको होइन । विवाह पछि तपाईंको जीवनमा स्पेस हुने छैन ।

१५. भावनाहरु देखाउनु पर्ने हुन्छः

विवाह पछि तपाईं चुपचाप बस्न सक्नुहुन्न । तपाईंले आफ्नो भावनाहरु देखाउनुपर्ने हुन्छ ।

१६. काम कहिले सिद्धिदैनः

महिला मित्रहरु, जब तपाईं आफ्नो आमा–बुवासँग बस्नुहुन्छ तब तपाईं आफ्नो जीवन निकै आनन्दले बिताउन सक्नुहुन्छ तर विवाहपछि तपाईंको काम कहिले सिद्धिदैन । यसमा तपाईं ढुक्क हुनुहोस् ।

१७. सासू–ससूराको मुद्दाः

विवाह पछि तपाईंले सासू–ससूराको थुप्रै मुद्दा झेल्नुपर्ने हुन्छ ।

१८. एक्लै सुत्नसक्नुहुन्नः

विवाह पछि तपाईं कोठामा एक्लै सुत्न सक्नुहुन्न । यदि तपाईं एक्लै सुत्नुभयो भने सबैलाई लाग्नेछ – दालमे कुछ काला हे !
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस