भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''शेर्पालाई १० तोला सुन पुरा जानकारी हेर्नु होला ''

शेर्पालाई १० तोला सुन पुरा जानकारी हेर्नु होला

जेष्ठ २३, २०७४- करिब २५ वर्षअघि ब्रिटिस सेनाको क्याप्टेन पदबाट अवकास लिएर आङदन्डी शेर्पा नेपाल फर्के । अब उनलाई न जागिर खानु थियो न त व्यापार गर्नु । बौद्ध, तीनचुलीस्थित आफ्नै घरमा अवकासपछि जिन्दगी बिताउन थाले ।

फुर्सदको समय भएकाले पत्रपत्रिका नियमित पढ्ने बानी पर्‍यो उनलाई । यही बानी अहिले भाग्यमानी साबित भएको छ । ‘कान्तिपुर स्वर्णपुर’ ग्राहक योजनाअन्तर्गत दोस्रो महिनाको लकी ड्रमार्फत १० तोला सुन जितेको छ शेर्पा दम्पतीले ।

‘सूचना पाइने, राम्रो लेख पनि हुने । धेरै कुरा थाहा पाइने,’ पत्नी मिङ्माडोल्मासहित मंगलबार भेटिएका शेर्पाले भने, ‘यहाँ आएदेखि नै कान्तिपुर दैनिक पढ्न थालें ।’

हरेक बिहान मर्निङवाकबाट फर्केपछि पतिलाई पत्रिका नभई नहुने मिङ्मा बताउँछिन् । शेर्पा ७० वर्षका भए, मिङ्मा ६१ वर्षकी । ‘सधैं पढदै आएको पत्रिकाको ग्राहक बन्दा यस्तो उपहार पर्छ भन्ने पत्तै थिएन,’ शेर्पाले पत्नीतर्फ पुलुक्क हेर्दै सुनाए, ‘जीवनमा यस्तो उपहार अहिलेसम्म परेकै छैन । भाग्यमानी भएर नै १० तोला सुन पाएका हौंला ।’

१० तोला सुन अब केमा उपयोग गर्छन् उनीहरु ? शेर्पासँग रेडिमेड उत्तर छ, ‘अरू उपहार भए अन्य केही गर्न सकिन्थ्यो होला । यो त सुन हो । दसै तोला गृहमन्त्री (श्रीमती) लाई गिफ्ट ।’ पत्नीलाई सुन उपहार दिएपछि आफन्त डाकेर भोज ख्वाउने योजना पनि बनाएका छन् । मिङ्मा भने उक्त सुन रुचिका गहना बनाएर लगाउने तर्खरमा छिन् ।

कान्तिपुर ग्राहक योजनाअनुसार ५ महिनासम्म हरेक महिना एक ग्राहकलाई लकी ड्रबाट १० तोला सुन दिइँदै आएको कान्तिपुर वितरण शाखाका प्रमुख किशोर बस्नेतले जानकारी दिए ।



भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस