भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''लक्ष्मी पुजाको दिन देशभर लोडसेडिङ नहुने'

लक्ष्मी पुजाको दिन देशभर लोडसेडिङ नहुने

काठमाडौँ । लक्ष्मी पुजाको दिन देशभर लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वर्षकै सबैभन्दा बढी विद्युत माग हुने दिन पनि लोडसेडिङ नहुने गरी तयारी गरेको छ ।

लक्ष्मीपुजाको दिन सबै तिर झिलिमिलि बत्ती बालिने भएकोले विद्युतको माग धेरै हुने गर्दछ । काठमाडौंमा मात्र तीन सय ५० देखि तीन सय ६० मेगावाट गरेर देशभर एक हजार पाँच सय ५० मेगावाट विद्युत माग हुने गरेको छ ।

प्राधिकरणले कुनै समस्या नआओस् भनेर सबै सब स्टेसनको मर्मत पनि गरिसकेको छ । प्राधिकरणले कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा राखेको छ ।

क्षमताभन्दा बढी माग हुनसक्ने भन्दै प्राधिकरणले विहिबार विभिन्न सबस्टेसनको भार अन्तै सारेको छ । बढी विद्युत् माग हुने क्षेत्रका सबस्टेसनबाट कम विद्युत माग हुने क्षेत्रका सबस्टेसनमा लोड सारिएको विद्युत प्राविधिकरणले जनाएको छ ।

विद्युत भारको अवस्था बुझ्न बेलुकी ५ बजेपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफँै मास्टर स्टेशन भारप्रेषण केन्द्रको इन्जिनियरको भूमिका निर्वाह गर्ने बताईएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस