भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''सेवाग्राहीबाट पैसा असुल्ने श्रम कार्यालयका झा अख्तियारको हिरासतमा''

सेवाग्राहीबाट पैसा असुल्ने श्रम कार्यालयका झा अख्तियारको हिरासतमा

काठमाडौँ । श्रम कार्यालयका कम्युटर अप्रेटर भाग्यनारायाण झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । श्रम स्वीकृति बनाइदिने बहानमा सेवाग्राहीबाट अवैध असुली गरेकोे प्रमाण सहित न्युज २४ टेलीभिजनको कार्याक्रम सिधा कुरा जनतासँगमा प्रसारण भएपछि झालाई अख्तियारले पक्राउ गरेको हो ।

रबिन नामका दलालसँगको सेटीङमा दैनीक सयौं सेवाग्राहीबाट पैसा लिएर श्रम स्वकृती बनाइरहेका बेला भाग्यनारयाण झा न्युज २४ टेलीभिजनको क्यमेरामा कैद भएका थिए । सिधा कुरा जनतासँगमा यो बिषयमा रिपोर्ट प्रशारण भएदेखि नै फरार झा मंगलबार काठमडौको बुद्वनगरबाट पक्राउ परेको अख्तियारले जनाएको छ ।

श्रमको सेटीङको बिषयमा रिपोर्ट प्रशारण भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो बिषयलाई गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको जनाएकोछ । साथै श्रम राज्यमन्त्री ले समेत कार्यालयको अनुगमन गरेर यो घटनाको बिषयमा चासो राखेका थिए ।

वैदेशीक रोजगारीमा अनिवार्य गरीएको श्रम स्वकृती दिनका लागि श्रम कार्यालयका कर्मचारीले दलाल मार्फत पैसा लिइरहेका छन् । साथै यो घटना श्रम कार्यालयका अन्य अधिकारीहरु माथी पनि छानबिन भैरहेको अख्तियारले जनाएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस