भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''पैसा लिएर पदपुर्ती, आफ्नालाई मात्र मौका, क्षमतावानलाई पाखा लगाउने यहि हो लोकतन्त्र ?''

पैसा लिएर पदपुर्ती, आफ्नालाई मात्र मौका, क्षमतावानलाई पाखा लगाउने यहि हो लोकतन्त्र ?
भुकम्प गएको ३० महिना वित्यो । यो तिस महिनामा भएको मुख्य काम भनेको भुकम्प पिडितका नाममा चरम राजनिती र ४÷४ पटक यसका सिइओ परिर्वतन भए । आँफु न्यानो घर, एसीयुक्त गाडी र अफिसमा बसेकाहरुले अब भूकम्प पीडितलाई तेस्रो हिउँद पनि टहरामै विताउन बाध्य बनाएका छन् ।

आफ्नो दुनो सोझ्याउनेहरुले पाप धर्मको पनि ख्याल गरेन्न । यस अघिका सिइओलाई कांग्रेसको टिकट प्यारो भो र प्रतिनिधी सभामा सांसद बनेर आउने लोभमा राजिनामा दिएर गए । राजनिति मार्फत जनताको सेवा गर्ने सोच बनाएका पुर्व सिइओ डा गोविन्द पोखरेललाई जनताकै सेवा गर्नु थियो त पुननिमार्ण प्राधिकरणमै बसेर गर्न सक्थे तर उनलाई पनि थाहा छ कि यो देशमा कमाइ राजनितीमा नै छ ।

सदैव लाभका लागि प्रयोग हुँदै आएको पुन निमार्ण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा फेरी पावर चल्यो र काँग्रेस नेता रामचन्द्र पौेडेलका सम्धीज्यु युवराज भुषाल नयाँ सिइओ बन्नु भयो । रामचन्द्र पौडेलका सम्धी हुँदैमा नियुक्ति नपाउने भन्ने त छैन तर यहाँ सबका सबलाई थाहा छ कि ठुला नियुक्तिमा ठुलो आर्थिक चलखेल हुन्छन्, नाता गोता पर्नेलाई खोजी खोजी ल्याईन्छन् । र योग्यहरुलाई पाखा लगाइन्छ । पदको दुरुप्रयोग गरी यस्ता यस्ता नियुक्ति गरीन्छ कि क्षमतावान हुँदैमा केही लाग्दैन ।

त्यसैले आजभोली कर्मचारीहरु राम्रो काम गर्नुभन्दा पावर सेन्टरको सेटीङमा ध्यान दिन्छन् । यहाँ इमान्दारी पुर्वक राम्रो काम गरेर केही लछारपाटो लाग्दैन बरु ठुला पार्टीका नेताहरुको चाकडी बजायो भने रातारात माथी पुगिन्छ । मुलुक र जनताको हित चिताएर माथि पुग्ने वातावरण नै नभएपछी कस्ले राम्रो काम गर्छ ?

राजनितीक पहूँच पुगेरै होला मुलुकले आजै तेस्रो बरियताक्रममा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवका रुपमा पायो । न कसैको डर , न लोकलाज, मानौ जनमत अंशमा पाएको सम्पत्ती हो । पैसा लिएर पदपुर्ती,आफ्नालाई मात्र मौका,क्षमतावानलाई पाखा लगाउने यहि हो लोकतन्त्र ?

गज्ज्बको कुरा त के भने नवनियुक्त पुननिमार्ण प्राधिकरणका सिइओले भनेछन् ‘माघ २ गते भुकम्प दिवसको दिनमा देखीनै गरी काम गर्ने छु ।’ देखीने गरी ? के देखीने गरी ? सर यस्तो लाजमर्दो कुरा पनि गर्नु हुन्छ ? यस अघिकाले पनि देखीने गरी काम गरे,भुकम्प पिडितले छोपी दिए अब तपाइले पनि देखीने गरी काम गर्नु भो भने छोपी दिने चाही कस्ले ?
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस