महिनावारी भएको तेस्रो हप्ता यौन उत्तेजना बढी किन ? जानी राखौ
किशोरावस्थामा पुगेपछि मानिसमा यौन इच्छा जागरूक हुन्छ । उचित समय,
परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ ।
तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरू विद्यमान
छन् ।
अहिलेसम्मका खोज अनुसन्धानहरुको निष्कर्षमा के भन्न सकिन्छ की
पुरूषको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारीको
समयअनुसार फरक फरक हुन्छ । यौन तथा प्रजनन् विज्ञहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो ।
बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय हो ।
यसको कारक तत्व भने रागरसहरूको उत्पादन र त्यसको प्रभावलाई नै मानिएको छ ।
केही केटीहरूमा किशोरावस्थाको पूर्वावस्था ( १०–१४ वर्ष) मा यौनचाहना
सुषुप्त रूपमा रहन्छ भने मध्य किशोरावस्थामा ( १५–१७ वर्ष ) यौन चाहना
पूर्ण रूपमा सक्रिय हुने हुन्छ ।
तर यही उमेरका किशोरहरू भने
किशोरीहरूको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध
बिस्तारतिर ध्यान दिने भएकाले समाजमा केटाभन्दा बढी केटीको यौनचाहना बढी
हुन्छ भने धारणा छ । हाम्रो समाजमा यस अवस्थाका केटीहरू आफ्नो चाहना पूर्ण
रूपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरू आफ्नो चाहनालाई दबाएर राख्छन् र
प्रत्यक्ष रूपमा आफ्नो इच्छालाई अगाडि आउन दिदैनन् ।
१५ देखि १७ वर्षका
किशोरावस्थाका केटीहरू शृगार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई
सबैभन्दा राम्रो देखाउने, सफा सुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरू
गर्ने गर्दछन् । समय परिस्थिति र आफू बस्ने समाजको मूल्य मान्यता रहनसहन
अनुसार व्यक्तिहरूमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये
कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस