भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''भेटिए अनमोल केसी जस्तै देखिने अभिषेक, केटीहरु अनमोल भनेर सेल्फी लिन झुमिन्छन - Abhisekh Shrestha''


एजेन्सी । नायक अनमोल केसी अहिले निकै लोकप्रिय छन् । हजारौं युवती अनमोलको एक झलक पाउन तँछाड मछाड नै गर्छन् । आफूले अभिनय गरेका होस्टल, जेरी, ड्रिम्स, गाजलु सबै चलचित्र सुपरहिट भएकाले अनमोल केसीको डिमान्ड निकै बढेको छ । उनी अहिले ‘कृ’ चलचित्रको अभिनयमा व्यस्त छन् । तर, अहिले अनमोल केसीकै अनुहारसँग मिल्ने एक युवाका कारण आममानिस अचम्ममा परेका छन् । सुरुमा हेर्दा ती युवक अनमोल केसीकै फोटोकपी लाग्छन् । भक्तपुरका सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले उनलाई चलचित्रमा अभिनय गर्न सुझाव दिएका छन् । अभिषेक नृत्यमा निकै पोख्त छन् । उनको नृत्य कुनै सिद्धहस्त नृत्य निर्देशकभन्दा कम छैन भन्ने कुरा अभिषेकले एउटा हिन्दी गीतमा गरेको कभर डान्सले प्रमाणित गर्छ । उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस