भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''नेपालकै यस्तो खतरनाक ठाऊँ, जहाँ महिलाको मात्रै यस्तो शासन चल्छ''

नेपालकै यस्तो खतरनाक ठाऊँ, जहाँ महिलाको मात्रै यस्तो शासन चल्छ

संसारमा प्राय सबै तिर पुरुषको मात्र शासन चल्ने गर्दछ तर नेपालमै एउटा यस्तो ठाउ छ जहा महिलाको शासन चल्छ । बाह्रघरमुक्तिक्षेत्र गाउँपालिका–१, झार्कोटका लोप्साङ गुरुङ कुनै पनि कामका लागि श्रीमतीको अनुमति लिन्छन् । कुन बारीको घाँस काट्ने, कुन वनमा जाने, कुन गाईगोरु पाल्ने कि बेच्ने, यो वर्ष कुन अन्न लगाउने, मेला÷जात्रा भर्न जाने कि नजानेजस्ता कामका लागि उनले श्रीमतीसँग अनुमति लिनुपर्छ ।

घरको ताला(चाबी सबै पेम्बा गुरुङको हातमा हुन्छ । श्रीमान्लाई कसको मेला पठाउने, आफ्नो कामका लागि को–को खेताला बोलाउने भन्नेबारे पनि श्रीमान्सँग अनुमति लिनुपर्दैन उनलाई । उनी हरेक कुरामा स्वविवेक प्रयोग गर्छिन् । उनीहरू मात्र होइन, मुस्ताङका ग्रामीण भेगमा महिला नै सर्वेसर्वा हुन्छन् । पुरुषहरू महिलाको राय(सुझावमा मात्र काम गर्छन् । ‘लोग्ने त कहाँ जान्छ( जान्छ, घरको अधिकार सबै महिलाकै हातमा हुन्छ’, स्थानीय खेटुप गुरुङ भन्छन्, ‘घरमा महिला ठूलो हो । जे काम पनि उनीहरूकै राय(सुझावले हुन्छ ।’ आफूहरू महिलाको खटनपटनमा रहने उनी बताउँछन् ।

मुस्ताङमा सदरमुकाम जोमसोम रहेको घरपझोङसहित पाँच गाउँपालिका छन् । यहाँ थकाली, ठकुरी, गुरुङ, विष्ट समुदायको बसोबास छ । घरपरिवार हाँक्न महिलाकै अगुवाइ रहने गरेको अर्का स्थानीय झोप्याङ ठकुरी बताउँछन् । ‘पुरुष त बाहिरफेर काम गर्ने हुन् ।

घरचाहिँ महिलाकै भरमा चल्छ’, ठकुरी भन्छन्, ‘तल्लो भेगमा पुरुषको अह्राइपराइ चल्छ, हाम्रोमा महिलाको ।’ ग्रामीण भेगका महिला शक्तिशाली मात्र होइन, सम्मानित पनि रहेको उनी बताउँछन् । ‘आज रमाइलो हेर्न जाम् कि नजाम् भनेर पनि बूढाले घरकी बूढीलाई सोध्नुपर्छ । बूढीले जाम् भने जाम्, नजाम् भने नजाम् ।’ निसन्तान भए पनि दोस्रो बिहे गर्ने चलन नरहेको उनको भनाइ छ । ‘तल्लो भेगमा त छोरा नपाए पनि अर्को बूढी ल्याउँदा रहेछन्’, उनी भन्छन् ‘यहाँ त सन्तानै नभए पनि अर्को बिहे गर्दैनन् । त्यसैले त यहाँ जनसंख्या पनि कम छ ।’

आफ्नो ठाउँमा महिलालाई सर्वेसर्वा मान्ने गरेको अर्का स्थानीय छेवाङ गुरुङ बताउँछन् । भन्छन्, ‘आज रमाइलो हेर्न जाम् कि नजाम् भनेर पनि बूढाले घरकी बूढीलाई सोध्नुपर्छ । बूढीले जाम् भने जाम्, नजाम् भने नजाम् ।’ तल्लो भेगका पुरुषले जागिर खाने र महिलालाई हेप्ने गरेको उनको बुझाइ छ । ‘तल्लो भेगका पुरुषले जागिर खान्छन्, महिलालाई हेप्छन्’, उनी भन्छन्, ‘यहाँ जागिर पनि हुन्न । घरको तालाचाबी महिलाको हातमा हुन्छ । पुरुषलाई खर्च चाहिए महिलासँग माग्छन् । महिलालाई हेप्ने कुरै हुँदैन ।’ बिहेको पनि मौलिक परम्परा छ यहाँ ।

विधिपूर्वक बिहे गरे पनि दाइजो दिने चलन नरहेको स्थानीय बताउँछन् । ‘हामीलाई त दाइजो भनेको के हो भन्ने थाहै हुँदैन’, पेम्बा भन्छिन्, ‘बरु यहाँ त छोरीको बिहे गर्न खर्च छैन भने दुलाहाका खलकले सहयोग गर्छन् ।’ तल्लो भेगमा दाइजोको निहुँमा श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रिने गरेको सुन्दा अचम्म लाग्ने गरेको उनी बताउँछिन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस